मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

धनकुटामा महिला चालक सम्मानित

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

झापा / धनकुटा नगरपालिकाले सार्वजनिक यातायात क्षेत्रमा सक्रिय रूपमा कार्यरत नगरकी एक्ली महिला चालकलाई सम्मान र नगद पुरस्कार प्रदान गरेको छ।

नगरपालिकाले धनकुटा नगरपालिका–७ टोमुवाकी ३६ वर्षीया तृष्णा राईलाई नगरकी एक्ली टेम्पु चालक भएका जनाउँदै नगद ६ हजार रुपैयाँसहित सम्मान गरेको हो। जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई तथा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल लगायतले सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन्।

विगत दुई वर्षदेखि टेम्पो चालकका रूपमा कार्यरत राईले घरखर्च व्यवस्थापनका लागि ३ लाख ५० हजार रुपैयाँ लगानी गरी टेम्पो खरिद गरेर व्यवसाय सुरु गरेको बताइन्। टेम्पो सञ्चालनबाट मासिक ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।

'घरमा खाली बस्नुभन्दा काम गरेर केही आर्जन गर्न सकिन्छ भन्ने विश्वासले यो पेसा रोजेकी हुँ,' राईले भनिन्।

नगरपालिकाबाट सम्मानित हुँदा आफ्नो आत्मविश्वास र हौसला अझ बढेको बताउँदै उनले महिलाहरूले कुनै पनि पेसालाई सानो–ठूलो नभनी आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार