मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

नेता गोपाल किराती लगायत चार पहिचान पक्षधर आन्दोलनकारी प्रहरी नियन्त्रणमा

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

झापा देशभक्त समाजबादी मोर्चाका संयोजक तथा संयुक्त संघर्ष समितिका केन्द्रीय नेता गोपाल किराती लगायत चार जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप यातायात बन्द गराउन उत्रिएका नेता राई लगायत राजेश राई, गन्धमान राई र बिजय राईलाई हलेसीबाट नियन्त्रणमा लिएका हुन्।

पहिचान पक्षधर समुहले आज मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका थिए । नियन्त्रणमा परेका सबैलाई तत्काल रिहाइ गर्न पहिचानबादी युवा परिचालन समितिका संयोजक निर्मल राईको माग रहेको छ । तत्काल रिहाई नगरे परिणाम राम्रो नहुने राईले चेतावनी दिए । समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी छ । त्यसकै बिरोधमा एक नम्बर प्रदेश पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत उदयपुरको घुर्मी र धनकुटाको लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो ।

बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। प्रदेशको नामांकनको विषयमा विमती राख्दै आन्दोलनरत पहिचानपक्षधर समुहले सोमबार अर्थात गए राती खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका थिए । तर सडकमा गरिएको अवरोध पन्छाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ । आज बिहान आन्दोलानकारीले नियन्त्रणमा लिएर सडकमा तेर्स्याएर राखेका केही ट्रकलाई समेत प्रहरीले हटाएकाे छ । चलेका गाडीलाई प्रहरीले स्कट गरिरहेको जनाईएको छ । पहिचान पक्षधर समुहले कोसी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान बिरुद्ध अभिव्यक्ती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली, एमाले नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित बिरोधका कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार