मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

प्रेस सेन्टर नेपाल झापामा पुष्प खड्का

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१३ पौष २०८१, शनिबार

झापा प्रेस सेन्टर नेपाल झापामा पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। सेन्टरकाे  शनिबार विर्तामाेडमा  सम्पन्न १० औं जिल्ला अधिवेशनले   अध्यक्षसहित कार्य समिति सर्वसम्मत चयन गरेको हो । 

समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सह–सचिवद्वयमा लेखनाथ चापागाईं (केशव) र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समितिले पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो।

अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् ।  साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका पदाधिकारी सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरेको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रिय कमिटी सचिब बिमल लामिछानेले प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्ढिराज घिमिरेले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवप्रवेशी राजन साम्पाङले आफूले प्रेस सेन्टर नेपालमै प्रवेश हुनुको कारणसहित मन्तव्य राखेका थिए ।

राजु पाठकको अध्यक्षमा सम्पन्न अधिवेशनमा सचिब खड्काले साङ्गाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष खड्काले संगठनले निर्माण गरेको डि.कौडिन्य अक्षयकोषको अभियानलाई निश्कर्षमा पुर्याउनेसहित वार्षिक कार्ययोजना बनाएर अघि बढने प्रतिबद्धता व्यक्त गरेका थिए । सेन्टरका केन्द्रीय सचिव बिमल लामिछानेले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै