मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा निर्यात

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा निर्यात गर्न सुरू गरेको छ ।

अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरि तेस्रो देश बंगलादेशमा निर्यात सुरू गरिएको हो । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री दिपक खड्काले नेपालले विद्युत बंगलादेशलाई निर्यात सुरू गरेसँगै देश समृद्धिको दिशामा अघि बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए ।

मन्त्री खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत बेच्ने सम्झौता भएको थियो । उर्जामन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो ।

उर्जामन्त्री खड्काको ठूलो प्रयास र मिहेनतपछि भएको सो सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासॅगै आजबाट बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो ।

यसअघि सम्झौता भएसॅगै १ दिन बिद्युत विक्रि गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो ।

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई विक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभी मार्फत विक्री गर्न लागिएको हो । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइन हुदैं बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ ।

source :EverestMission.com

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार