मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

झापा लिग
अर्जुनधारा झापा लिगको नकआउट चरणमा प्रवेश

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार

झापा झापाको भद्रपुरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।प्रतियोगितामा तीनवटै खेल हार्ने दमक एक मात्र टिम बन्यो । आजको पहिलो खेल शिवसताक्षी र कमलका बीचमा भएपनि कमल गाउँपालिका कारबाहीमा परेकाले शिवसताक्षीले सिधै ३ अंक र ३ गोल प्राप्त गर्यो ।

समूह घ मा रहेको शिवसताक्षी र अर्जुनधाराको समान ७ अंक र बराबर गोल अन्तर भएपनि पहेँलो कार्ड प्राप्त गरेको आधारमा अर्जुनधारा समूह बिजेता बन्यो । लिग चरणका खेलहरुमा अर्जुनधाराले एउटा र शिवसताक्षीले दुईवटा पहेँलो कार्ड पाएको थियो ।
समूह बिजेता बनेको अर्जुनधाराले आजको खेलको ६४ औँ मिनेटमा राजेश दाहाल र ७३ औँ मिनेटमा निखिल तामाङले गोल गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच भएका अर्जुनधारका बादल तामाङले नगद दुई हजार र ट्रफी पाए । प्लेयर अफ द म्याचको पुरस्कार प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशीलगायतले प्रदान गरेका थिए ।
फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आजको खेलसँगै लिग चरणमा खेलहरु सकिएका छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् ।

पहिलो क्वार्टर फाइनल खेल बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वार्टर फाइनल खेल झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार