मुख्य समाचार
सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक | न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष |

गोलधाप खानेपानी समितिको नवनिर्वाचित समितिद्वारा पदभार ग्रहण

देश प्रदेश डेस्क 5429+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा । हल्दीबारी गाउँपालिका वडा नं. १ मा रहेको गोलधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित हर्क प्रसाद लिङ्देन सहित
निर्वाचित सबैलाई पद तथा गोपनीयताको सपथ ग्रहण आज गराइएको छ।

कुल ८ सय २० जना मतदाता रहेको खानेपानीमा ६ सय ३२ जनाले निर्वाचनमा भाग लिएका थिए ।
१३ सदस्य कार्यसमितिमा सचिवमा कमल कुँवर र सहसचिवमा मैँया लामिछाने निर्विरोध भएका थिए भने लेखा समितिमा पनि संयोजक र २ जना सदस्य निर्विरोध चयन भएका थिए।

शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षमा हर्क प्रसाद लिङदेन, उपाध्यक्षमा भोलानाथ ओली, कोषाध्यक्षमा तुलाराम न्यौपाने निर्वाचित भएका थिए।यस्तै खुल्ला सदस्यहरुमा प्रदिपराज नेपाल, रत्न बहादुर विश्वकर्मा, विकास भट्टराई र कृष्ण प्रसाद सुवेदी निर्वाचित भएका थिए भने महिला सदस्यहरूमा तारादेवी आपागाई, टीकामाया सिगु,सुशिला कार्की र टिकादेवी अधिकारी निर्वाचित भएका थिए।
निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन प्रमुख हरिप्रसाद संग्रौलाले सपथ ग्रहण गराएका थिए।कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, १ नं वडाका वडा अध्यक्ष देवीबहादुर थापा, पूर्व प्रधानपञ्च मानप्रसाद लिङदेन, समाजसेवी त्रिलोचन मैनाली,डम्बर सिगु लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार