मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

अवैध रुपमा नेपाल छिर्न खोज्ने अफगानी पूर्वी नाकामा पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

झापा, भदौ ८ । अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने एकजना अफगानी नागरिक पूर्वी नाकामा पक्राउ परेका छन् ।

नेपाल छिर्न खोज्ने अफगानी नागरिकलाई हिजो भारत पानीटंकीतर्फको चेकपोष्टमा पक्राउ गरिएको हो । पानीटंकीस्थित इन्टिग्रेटेड चेक पोष्ट (आइएसीपी) मा नेपालको बाटोबाट बाहिर जान एक्सिट परमिट लिन आएका एक अफगान नागरिकलाई शंकाको आधारमा पक्राउ गरिएको हो । प्रारम्भिक सोधपुछ र मोबाइलको चेकजाँचमा ऊसँग सम्बन्धित धेरै चकित पार्ने जानकारीहरू फेला परेको दाबी गरिएको छ।

जानकारी अनुसार, अफगान नागरिक २०१७ मा वैध भिसामा भारत आएका थिए । त्यसपछि हावडा र कोलकातामा बसेका थिए । उसको भिसा २०२२ मा समाप्त भएको थियो। जाँच एजेन्सीहरूका अनुसार, भारतमा लामो समय बस्दा उसले भारतीय पासपोर्ट, आधार कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड र भोटर आइडी लगायत धेरै भारतीय कागजपत्र बनाएका थिए ।

हिजो उनले पानीटंकीको आइसीपीमा पुगेर नेपालका लागि एक्जिट परमिट मागेका थिए । उनले त्यहाँका अधिकारीहरूलाई आफू नेपाल हुँदै बैंकक जान लागेको बताएका थिए ।

यसैबीच, उनको कुराकानी र व्यवहारका कारण अधिकारीहरूलाई शंका भएपछि उनको मोबाइल फोन चेकजाँच गरिएको थियो। मोबाइलमा भेटिएको एउटा फेसबुक संवादको स्क्रीनसटमा एउटा व्यक्तिले उसलाई तत्काल बैंकक जान सल्लाह दिएको देखियो। मोबाइलको थप जाँचमा धेरै पाकिस्तानी फोन नम्बरहरुसँगको सम्पर्क पनि फेला परेको अधिकारीहरुले बताएका छन् । ती अफगान नागरिकलाई थप अनुसन्धानका लागि खोरीबारी थानामा बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार