मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

नेपालमा राजस्थानको न्यूनचापीय प्रणालीको असर, पानी पर्ने सम्भावना

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

झापा काठमाडौं उपत्यकासहित पश्चिम भूभागमा सोमबारदेखि लागेको बादल आज बिहान पनि कायम छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत छ ।

आज रातिदेखि भने पश्चिमतिरबाट मौसममा क्रमिक सुधार देखिने मौसमविद लामिछानेले जानकारी दिए ।

नेपालमा अहिले पश्चिमी वायुको साथै राजस्थानमा बनेको न्यूनचापीय प्रणालीको असर छ । त्यसैको असरले बादल लागेको छ ।

बादल लागेको बेला जाडो बढेको महसुस हुने भए पनि सोमबारको तुलनामा मंगलबार बिहान न्यूनतम तापक्रम बढी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस छ । सोमबार योभन्दा पनि कम ९.५ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज बिहान लुम्बिनी र गण्डकीमा मौसम सफा छ । तर सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशीमा आंशिकदेखि सामान्यदेखि बदली छ ।

बादल लागेको बेला हुस्सु कुहिरो नलाग्ने भएकाले अहिले हुस्सु कुहिरोको रिपोर्ट प्राप्त नभएको महाशाखाका मौसमविद लामिछानेले बताए । काठमाडौं आसपासका उच्च पहाडी भागमा पनि हिमपातको सम्भावना नरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार