मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भदौ १८ गतेबाट चिया वगान ठप्प पार्ने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
चिया मजदुरकाे आन्दाेलन जारी
५ भाद्र २०८०, मङ्गलबार

भद्रपुर सरकारले बढाएको न्यूनतम पारिश्रमिक तथा श्रम ऐन २०७४ लागु  नगरेमा आउँदो भदौ १८ गतेबाट देशभरका चिया वगान ठप्प पार्ने निर्णय गरेका छन् । नेपाल चिया वगान श्रमिक संघ , अखिल नेपाल चिया मजदुर संघ , नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संंघ लगायतका ट्रेड युनियन समूहको मंगलबार बसेको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो ।
 वैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँनु पर्ने ,श्रम ऐन २०७४ लागु गर्ने,सामाजिक  सुरक्षा र श्रम ऐनको विषयमा वार्तामा सामेल गराइएन भने भदौ १८ गतेबाट वगान बन्द गर्ने निर्णय गरेको छ । वगानले ज्याला भुक्तानी गर्दा बढेको ज्याला नदिएमा ज्याला नलिने र सो वगान बन्द गर्ने ,भदौ १६ गते विर्तामोडमा व्यापक भेला गर्ने ,श्रम तथा रोजगार कार्यालय भद्रपुरद्धारा सवै प्रतिष्ठानहरुलाइ पत्राचार गर्न अनुरोध गर्ने लगायतका निर्णय गरिएको नेपाल चिया वगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी  दिए ।
यता चिया क्षेत्रलाई पनि समेटेर एकै नीति लागु गर्दा चिया क्षेत्र थप सङ्कटमा परेको चिया उद्योगीहरूले बताएका छन् । उनीहरुले सरकारले बढाएको न्यूनतम पारिश्रमिक चिया श्रमिकलाई दिन नसक्ने स्पष्ट पारेका छन् । नेपाल चिया उत्पादक सङ्घ केन्द्रीय कार्यालय भद्रपुरले सरकारले बढाएको न्यूनतम पारिश्रमिक चिया श्रमिकलाई दिन असमर्थ रहेको स्पष्ट परेका हुन् ।
 रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पु¥याएको छ । मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएपछि चिया उत्पादक सङ्घका पदाधिकारीसहित चिया उद्योगीहरू छलफलमा बस्दै आइरहेका छन् । छलफल पश्चात् आधारभूत पारिश्रमिक १० हजार ८ सय २० र महँङ्गी भत्ता ६ हजार ४सय ८० रुपैयाँ गरी १७ हजार ३सय चिया श्रमिकलाई दिन नसक्ने निष्कर्षमा पुगेको चिया उत्पादकहरुको भनाइ छ । यता ज्याला वृद्धिसहित विभिन्न माग गर्दै जिल्लाका चिया मजदुरहरू आन्दोलनरत छन् । आन्दोलित बनेका मजदुरहरूले पहिलो चरणमा गत साउन ७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा कालो झन्डा राख्ने, कोणसभा गर्ने लगायतको कार्यक्रम गरिसकेका छन् । अहिले चिया श्रमिकको दैनिक ज्याला ४ सय ३५ रुपैयाँ छ ।
झापामा मात्र १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुन्छ । चिया क्षेत्रमा मात्र २० हजारभन्दा बढी चिया श्रमिक कार्यरत रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार