मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबारदेखि वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ ।

पछिल्लो समय सरकारी सेवासहित विभिन्न प्रशासनिक सेवामा अनिवार्य बनाउँदै लगिएको राष्ट्रिय परिचय पत्रको अफलाइन फोटो खिच्न र बनेका डिजिटल कार्ड वडा तहमै पुगेर वितरण थालिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

रामेछापको सुनापति गाउँपालिका-५ बाट सुरु भएको अभियान जिल्लाभर सञ्चालन हुनेछ । पालिकामा दुई हजार २००  कार्ड वितरण गरिने प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ । ‘नागरिकहरूलाई घरदैलो मै सेवा दिनु पर्छ भने वडा तहमा जाने निर्णय गरेको हुँ, वडा तहमा जाने राष्ट्रिय अभियान नभए पनि रामेछापमामात्र सुरु भएको हो । एउटा वडामा कम्तीमा २/२ दिन बस्ने र नबनाएकाहरूको अफलाइन फोटो खिच्ने, बनेर आएका कार्ड वितरण गर्ने दुवै काम गर्छौं’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

बुधबार जिल्लाको सबै भन्दा कम वडा रहेको सुनापति गाउँपालिका-५, भीरकोटको वडा कार्यालयमा प्रजिअ थापासहित गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, ५ नम्बरका वडा अध्यक्ष चित्रबहादुर मानन्धर लगायतको उपस्थितिमा कार्ड वितरण गरिएको थियो ।

सुनापति गाउँपालिकामा १० दिनमा अभियान सकेपछि रामेछाप नगरपालिकामा अभियान सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालयमा १७ हजार डिजिटल कार्ड (राष्ट्रिय परिचय पत्र’ बनेर आएको र ती कार्ड यो अभियानको क्रममा वितरण गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै