मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

१८ वर्षीया युवतीमाथि बिर्तामोडमा बलात्कारको आरोप, एक पक्राउ

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१४ आषाढ २०८३, आइतबार

झापा / झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा रहेको एक मोबाइल मर्मत पसलभित्र १८ वर्षीया युवतीमाथि बलात्कार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार इलामको पशुपतिनगर नगरपालिका–२ स्थायी घर भएका तथा हाल बिर्तामोड–५ सुब्बाचोकमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पालाई घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो। उनी उक्त मोबाइल पसलमा काम गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार पीडित युवतीले केही दिनअघि मर्मतका लागि दुई वटा मोबाइल पसलमा दिएकी थिइन्। मोबाइल फिर्ता लिन साँझ करिब ९ बजे पसल पुगेकी बेला उनलाई पसलभित्र जबरजस्ती करणी गरिएको आरोप लागेको छ। घटना लगत्तै आरोपित फरार भएका थिए।

पीडितले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा पुगेर घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले खोजी अभियान सञ्चालन गर्दै आज बिहान आरोपितलाई पक्राउ गरेको जनाएको छ।

घटनापछि पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। हाल उनलाई बिर्तामोडस्थित क्षितिज महिला समाज पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका शेर्पाविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

घटना व्यस्त व्यापारिक केन्द्रभित्र भएको र त्यतिबेला पनि सुरक्षा गार्ड तथा आसपासका पसल सञ्चालकले कुनै जानकारी नपाएको विषयले कम्प्लेक्सको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

यस घटनाप्रति प्रतिनिधि सभा सदस्य निता घतानीले गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन्। उनले पीडितलाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा कानुनी सहायता उपलब्ध गराउन आग्रह गर्दै सार्वजनिक स्थल, बजार र व्यावसायिक क्षेत्रमा सुरक्षा व्यवस्था, सीसीटीभी निगरानी र प्रहरी गस्ती थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।

साथै उनले महिला तथा बालिकाविरुद्ध हुने यौनजन्य हिंसा नियन्त्रणका लागि विद्यालय, समुदाय र कार्यस्थलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा यस्ता अपराधमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग आग्रह गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार