मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

औषधि पसलबाटै लागुऔषधको व्यापार

देश प्रदेश डेस्क 5479+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

झापा औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव तथा औषधि व्यवसायी विरेन्द्रकुमार झाले आफ्नो फार्मेसीबाट अवैध लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ ।

उनले औषधिको अनुचित प्रयोग गरी लागुऔषध बनाएर प्रयोगकर्तालाई बिक्री गर्ने गरेको पाइएको हो । झाको उदयपुर, चौदण्डीगढी नगरपालिका–७ मा गोपीकृष्ण मेकिडल हल सञ्चालित छ । औषधिको होलसेल पसलका रुपमा सञ्चालित सोही मेडिकल हलबाट उनले लागुऔषध बिक्री गरेको पाइएको प्रहरीको दाबी छ ।

केही अघि इलाका प्रहरी कार्यालय बेलटारले सो मेकिडल हलमा छापा हानेर ठुलो परिमाणमा औषधि बरामद गरेको छ । जहाँबाट प्रहरीले ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि दुई कार्टुन बरामद गरेको हो । उक्त  औषधि अवैध छ ।

औषधिसहित पक्राउ परेका झालाई प्रहरीले थप कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएकोमा विभागले धरौटीमा छाडेको छ । यसअघि २०७८ जेठ २० गते झालाई औषधि व्यवस्था विभागले औषधिको अनुचित प्रयोग गरी लागुऔषध दुर्व्र्यसनीलाई बिक्री वितरण गरेको पाएपछि पक्राउ गरेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि लागुऔषध प्रयोगकर्तालाई बिक्री–वितरण गर्दै आएको खुलेको छ । यी तीन वटा औषधि मिलाएर लागुऔषधको रूपमा दुर्व्यसनीहरुले सेवन गर्दछन् ।

क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्दछ । अवैध रुपमा भित्रिने यो औषधिको कारोबार पछिल्लो समय फस्टाएर गएको प्रहरी नै बताउँछ ।

यस्तै प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । डाइसाइक्लोमाइन औषधि दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गर्दछन् । तर, कमाउ धन्दामा लागेका झाले महँगो मूल्यमा ती औषधिबाट लागुऔषधका रुपमा दुर्व्यसनीलाई बिक्री गर्दथे ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले पछि मुद्दा चलाउने भन्दै झालाई बिहीबार नै ५० हजार रुपैयाँ धरौटी रकम तोकेर छोडेका छन् ।

औषधि ऐन २०३५ को दण्ड सजायका दफा (३)उपदफा (१) र (२) मा औषधिको अनुचित प्रयोग गरेको पाइएमा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । तर, विभागले झाको हकमा ५० हजार रुपैयाँ धरौटी लिएपछि मुद्दा चलाउने भन्दै तारेखमा राखेर छोडेको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले औषधिको अनुचित प्रयोग गर्ने झालाई पछि मुद्दा पनि चलाउने बताए । पर्याप्त जनशक्ति र साधन स्रोत पनि नभएको कारण केही समस्या आएको उनले बताए ।

राताेपाटीबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै