झापा । बिर्तामोड नगरपालिकामा नेपालकै ठूलो चर्च निर्माण गरिएको छ । वडा नम्बर ४ मा नवनिर्मित सन्त पावल विलिभर्स ईष्टर्न चर्च भौतिक संरचना र क्षेत्रफलको हिसाबले नेपालकै ठूलो , ब्यवस्थित र नमूनाको रुपमा रहेको हो ।
करिव तीन करोडको लागतमा यस सेवा भवनको निर्माण कार्य तीन वर्षअघि शुरु भएको थियो । यो सेवा भवन पूर्वीय परम्परागत नियम तथा विधि अनुसार संचालन गरिने हुनाले यसको संरचना त्यही अनुसार निर्माण गरिएको जनाइएको छ ।
साढे नौ कठ्ठा
क्षेत्रफलमा फैलिएको यो सेवा भवनमा एक हजार सहभागी अट्ने क्षमता रहेको छ ।
आकर्षक पार्क , चमेना गृह निर्माण गरिएको यस चर्चलाई अवलोकन गर्न
आउनेहरुले सेल्फी तथा फोटो, भिडियो खिच्न रुचाउने गरेको पाईएको चर्चका सेवक
वीरु दर्नालले बताए ।सन्त पावल विलिभर्स ईष्टर्न चर्च बिर्तामोडको नवनिर्मित सेवा भवनको धार्मिक
विधि अनुसार शुक्रवार अर्पण कार्य सम्पन्न भएको छ । साथै शनिवार एक
कार्यक्रमका बीच सार्वजनिकीकरणसमेत गरिएको छ । दिल्ली आर्क डायोसिसका आर्क
विशप हिज ग्रेस जाने आईरेनियस एपिस्कोपाले धार्मिक विधि अनुसार शुक्रबार
सेवा भवनको अर्पण कार्य सम्पन्न गरेका हुन् ।
नमूनाको रुपमा हेरिएको
उक्त सेवा भवन अर्पण कार्यक्रममा छिमेकी मुलुक भारतका सिक्किम , दार्जिलिङ,
सिलिगुडीलगायत नेपालका विभिन्न जिल्लाबाट विश्वासीजनहरुको ठूलो संख्यामा
सहभागिता रहेको थियो । शुक्रवार सम्पन्न अर्पण कार्यक्रममा एक हजार बढी
विश्वासीजनको सहभागिता रहेको चर्चका डिकन फादर समर वाग्लेले बताए ।