मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प्रतिशतले बढी हो । 

गत आव २०८०/८१ को (साउन–जेठ) मा रु दुई अर्ब ६७ करोड २६ लाख ३१ हजार राजस्व सङ्कलन भएको कर अधिकृत एवं सूचना अधिकारी डोरराज सुनुवार जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले बताए । 

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ११ महिनाको लक्ष्यको ८५ दशमलव ६१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको  कर अधिकृत सुनुवारले बताए । कार्यालयले ११ महिनामा आयकरबाट रु एक अर्ब रु २६ करोड ५२ लाख, ब्याजबापत रु आठ करोड १६ लाख, मूल्य अभिवृद्धि करबापत रु ९८ करोड २८ लाख ३१ हजार, अन्तःशुल्कबापत रु ५५ करोड १६ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ, यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गर्ने गरिएको छ”, सूचना अधिकारी सुनुवारले भने  ।

साथै कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये एक हजार ५८८ करदातालाई निलम्बन गरिएको सूचना अधिकारी सुनुवारले जानकारी दिए। आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको उनले बताए । कार्यालयका सूचना अधिकारी सुनुवारका अनुसार विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको बारेमा उद्योग वाणिज्य सङ्घ, उपभोक्तालगायतलाई जानकारी गराइएको छ ।

source : Ratopati.com

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार