मुख्य समाचार
मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाकाे मृत्यु | सरकारी कर्मचारीहरूको तबल बढाउन सरकारलाइ सिफारिस | एमालेले गर्याे मीनबहादुरले दानमा दिएको जग्गा फिर्ता गर्ने निर्णय | किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ ,एक फरार | काठमाण्डौका दुई युवा लागूऔषधसहित काँकडभिट्टाबाट पक्राउ | काबेली गेस्ट हाउसबाट ४५ राउन्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित दुई जना पक्राउ | रोहिंगिया र बंगलादेशी नेपाल छिर्न सक्ने खतरा बढ्याे | एमालेका अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न नेताहरुले दबाब | भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल | मूल्यवृद्धिको मारमा झापाका निर्माण व्यवसायी : अब कति धान्ने ? |

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाकाे मृत्यु

भेषराज नेपाल 26+ समाचार ( )
११ जेठ २०८३, सोमबार

झापा /गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४ जना घाइते भएको तथ्यांक छ ।

काठमाडौं उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेश प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् । 

त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।

मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गरे ।

उनले विशेषगरी रातिको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढी देखिने गरेको जानकारी दिए । उनले मापसे गरी सवारी चलाउनु आफैँमा गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार