मुख्य समाचार
काठमाडाैंमा गाेली चल्याे, दुई जना पक्राउ | बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद |

माेरङ्मा दुई नाबालिका केरा बगानभित्र मृत फेला

देश प्रदेश डेस्क 5304+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

झापा केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्।माेरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित शनिबार अपरान्ह ४ः३० बजेतिर स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू एक वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटना बारे जानकारी पाएपछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाहरूको रहस्यमय मृत्यु भएको बताएको छ । अहिले प्रहरीले घटनास्थललाई सुरक्षित गर्दै विस्तृत अनुसन्धान अघि बढाएको छ। यस घटनाले समुदायमा त्रास र चिन्ता फैलाएको छ ।साथै, अर्जुन कार्कीकी पत्नी २९ वर्षीया अस्मिता न्यौपाने भने घटनालगत्तै सम्पर्कविहीन भएको र प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ।
घटनास्थलमा प्रहरी टोली परिचालित भइसकेको छ भने शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।प्रहरीले घटना रहस्यमय भएको र यसमा कुनै आपराधिक क्रियाकलाप भएको हुनसक्ने आशंका गरेको छ। स्थानीय बासिन्दाहरूले घटनाको सत्यतथ्य छिट्टै बाहिर आउने अपेक्षा गरेका छन्। घटना के कारणले भयो भन्नेबारे प्रहरीको अनुसन्धानपश्चात् मात्र स्पष्ट हुनेछ।

सम्पर्कविहीन अस्मिता न्यौपानेको खोजीकार्यलाई प्राथमिकतामा राखिएको र प्रहरीले उनको सम्भावित ठेगाना र सम्पर्कमा रहेका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार