मुख्य समाचार
रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित | रास्वपा महाधिवेशनमा 'स्मार्ट' नाराकै धज्जी: नेतृत्वप्रति कार्यकर्ता खनिए, भोटिङ मेसिनको भद्रगोलले असन्तुष्टि छताछुल्ल | भुकम्प अपडेटः अहिलेसम्म ३२ काे मृत्यु, ७०० घाइतेकाे पुष्टि | बिर्तामोडमा वरिष्ठ बालरोग विशेषज्ञ डा. रबिन रेग्मीको विशेष स्वास्थ्य सेवा सुरु |

सांसद शर्मा र नगरप्रमुख बुढाथिकी खाेज्दै झापाका यूवा

देश प्रदेश डेस्क 5244+ समाचार ( )
१४ माघ २०८०, आइतबार

झापा झापा मेचीनगर वडा नं. १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय यूवाहरुले  संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका छन ।शनिवार बिहान स्थानीय यूवाहरुले निर्माणाधिन झोलुङ्गेमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर बिरोध जनाएको ज्यामिरगढीका यूवा जयराम दाहालले बताए। मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेटको अभावका कारणले  निर्माणको काम रोकिए पछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरु समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले यूवाहरुले दबाब मूलक कार्यक्रम गरेको दाहालले बताए।

ज्यामिरगढी क्षेत्रका लागि लाईफलाईनका रुपमा रहेको झोलुङ्गे पुलको निर्माण कार्य रोकिदा पनि यस क्षेत्रका संघीय सांसद विश्वप्रकाश शर्माले वेवास्ता गरेको भन्दै स्थानीय यूवाले सांसद हराएको सूचना जारी गरेको दाहालले बताए । प्रतिनिधि सभा सासंद शर्माले झोलुगे पुलको शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलमा खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका तथा उहाँ बेखबर जस्तो भए पछि  सासंद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रम सहभागी दाहालले बताए । मेचिनगरका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीले बताए । ज्यामिरगढीको यूवाको समूहले शनिवार बिहान संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्ले कार्डमा संसाद हराएको सूचना र कहिले बन्छ पुल लेखेर प्रर्दशन गरेका हुन ।

निर्माणाधीन पुलको काम रोकिदा बषौंदेखि जोखिम यात्रा गर्नुपर्ने बाध्यता जस्ताको तेस्तै रहने डर भएको स्थानीय प्रकाश खडका बताउछन्  । बर्षातको समयमा निन्दा खोलामा ठुलो भेलबाढी आउछ र बिद्यार्थीले बिधालय जान पाउदैन भने किसानले खेत जान पाउदैनन । त्यस्तै बिरामीले स्वस्थ्य चौकि जान समेत निन्दा खोलाका कारण समस्या पर्ने गरेकाले झोलुङ्गेृ पुल यस क्षेत्रका लागि नभई नहुने पुल भएको स्थानीयहरु बताउँछन । निर्माणको काम रोकिए पछि झोलुङ्गे पुलमा लगाउन राखेको पुलको फलामको लठ्ठामा खिया पर्न थालेको  छ भने अन्य निर्माण सामग्रीहरु समेत अलपत्र अवस्थामा रहेको छ ।

संघीय सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले निर्वाचित भए पछि पहिलो कार्यक्रमका रुपमा उक्त झोलुङ्गे पुलको २०७९ कार्तिक १० गते शिलान्यास गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै