मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ श्रावण २०८३, मङ्गलबार

झापा   सर्लाहीको  लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर  विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् ।  मल प्याकिङ गरिरेका लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताउँछन् ।

जैविक मल बोट बिरुवाको लागि निकै उपयोगी मानिन्छ । यहाँ उत्पादन भएको मल गाउँ घरमा गमलामा फूल रोप्नदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न र व्यावसायिक तरकारीखेती गर्ने किसानले बेर्ना निकाल्न प्रयोग गर्ने गर्दछन् । सुरुमा जैविक तथा गड्यौला मल बोटबिरुवाको लागि रासायनिक मलखादभन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएको उनको भनाइ छ ।  अहिले उहाँहरु आफैँ मल खोज्दै आएकाे उनी बताउँछन् ।  साना बेर्ना तथा बोट बिरुवामा रासायनिक मलखाद प्रयोग गर्न नमिल्ने हुँदा जैविक तथा गड्यौला मलको माग उच्च रहेको उनले बताए ।

गड्यौला मल कृषि बजारमा कालो हीरा (ब्ल्याक डाइमण्ड) को रुपमा बिक्री वितरण हुने गरेको छ । लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रले दिएको जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सात दिनको तालिम लिएका थिए । तालिम लिएर आएपछि उत्पादन सुरु गरेका उनले बताए । गाउँमा तरकारीखेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मन ल्याउने चलन रहेकाे उनले सुनाए ।

तरकारीमा आलु, प्याज, काउली, टमाटरखेतीको लागि सर्लाहीको लालबन्दी निकै चर्चित ठाउँ हो ।

लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट दर्ता गरी सञ्चालन गरिरहेका छन् ।  सोही फर्मको नाममा बोरामा २५ किलोको दरले प्याक गरेको जैविक तथा गड्यौला मल काठमाडौँ, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका एग्रोभेटहरूसम्म पुग्ने गरेको छ । जिल्लाका गमलामा फूल सजाउने बगैँचाको सौखिनदेखि व्यावसायिक तरकारी उत्पादन गर्ने किसान र अहिले अन्य अन्नबाली लगाउने किसान समेत यस मलप्रति आकर्षित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार