मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

रसुवाको बाढी क्षेत्रमा झापाका ९ जना सम्पर्कविहीन

भेषराज नेपाल 128+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

झापा / रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा झापाका ९ जना व्यक्ति सम्पर्कविहीन भएको पुष्टि भएको छ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीका अनुसार रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेका झापाका ९ जना हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्। याे तथ्याङ्क बिहिवार साँझसम्म काे हाे ।

सम्पर्कविहीन हुनेमा विर्तामोड नगरपालिका–१० का एक जना र वडा नम्बर २ का दुई जना रहेका छन्। यस्तै मेचीनगरका दीपक खरेल तथा मेचीनगर–१० का विद्यान न्यौपाने र उनीसँगै रसुवा पुगेका निश्चल पाण्डे सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिका–२ का एउटै परिवारका तीन जना र कन्काई नगरपालिका–३ का एक जना पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

रसुवामा आएको बाढीका कारण सञ्चार तथा यातायात सम्पर्क प्रभावित भएकाले सम्पर्कविहीन भएकाहरूको अवस्था यकिन हुन नसकेको जनाइएको छ। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रायमाझीले प्राप्त विवरणका आधारमा झापाबाट रसुवा पुगेका व्यक्तिहरूको अवस्थाबारे जानकारी संकलन तथा आवश्यक समन्वय भइरहेको बताएका छन्।

प्रशासनले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तसँग समन्वय गर्दै थप विवरण संकलन गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले उनीहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै