मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |
मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |


भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

झापाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय भएको छ । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३ अनुसार आज भएको सर्बपक्षीय भेलाले भद्रपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

झापाको भद्रपुर नेपालकै चौथो नगरपालिका हो । भद्रपुर २००८ सालमै नगरपालिका बनेको थियो । त्यस ऐतिहासिकतालाई दृष्टिगत गरी हालको भद्रपुर नगरपालिकाको भूगोललाई कायम राख्दै सिमाना जोडिएका पालिकाका भूगोलहरुलाई आवश्यकता र सहमतिका आधारमा समावेश गरी उपमहानगरपालिका कायम गरिदिन आज नगरपालिकामा आयोजित सर्वपक्षीय भेलाले सिफारिस गर्ने निर्णय गरेको हो । भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता र सहजीकरणमा भएको भेलामा उपप्रमुख राधा कार्कीसहित सबै राजनैतिक दलका प्रतिनिधि, पूर्व नगरप्रमुखहरु, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, उद्योगी र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

भेलामा रास्वपाका प्रेम न्यौपाने , नेपाली कांग्रेसका रमेश झा, एमालेका असारु राजवंशी, श्रम संस्कृति पार्टीका नरदिप लिम्बू, राप्रपाका राजकुमार राई, पूर्व नगरप्रमुखहरु भारतेन्दु मल्लिक र पुष्पराज पोखरेल,वडाध्यक्षहरुमा वडा नं १ का अध्यक्ष रामप्रसाद अधिकारी, वडा नं ४ का अध्यक्ष हंशधर राजवंशी, ५ का अध्यक्ष बन्धु कार्की, ६ का रतिया राजवंशी, ७ का अध्यक्ष अभिषेक ढुंगाना, १० का अध्यक्ष टेकबहादुर खड्का काजी, भद्रपुर ९ का समाजसेवी रुद्र निरौला, पत्रकार चिन्तामणि दाहाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सबैको सहमति अनुसार भद्रपुरलाई उपमहानगरपालिका बनाउन सिफारिस गर्ने, ७ नं वडाको एक भाग मेची नदी पारी परेको र सीमाना नजोडिएकोले त्यसलाई सीमाना जोडिने ५ नं वडामा समावेश गर्ने, भद्रपुर नगरपालिकाका वडा नं ९ र १० संघीय निर्वाचन क्षेत्रको १ नम्बरमा पारिएकोले ती दुबै वडालाई क्षेत्र नं. ३ मै कायम गर्नु पर्ने र सीमाना हेरफेर गर्नु पर्ने आवश्यकता देखिएका वडाहरुका क्षेत्रलाई स्थानीय जनता र वडाहरुको राय लिई एक अर्कामा मिलाउन सिफारिस गर्ने पनि निर्णय भएको नगरप्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया

नरदिप याेङहाङ लिम्बु -- भद्रपुर-३ , झापा ७ भाद्र २०८३, आइतबार

, ७ नं वडाको एक भाग मेची नदी पारी परेको र सीमाना नजोडिएकोले त्यसलाई सीमाना जोडिने ५ नं वडामा समावेश गर्ने, भद्रपुर नगरपालिकाका वडा नं ९ र १० संघीय निर्वाचन क्षेत्रको १ नम्बरमा पारिएकोले ती दुबै वडालाई क्षेत्र नं. ३ मै कायम गर्नु पर्ने र सीमाना हेरफेर गर्नु पर्ने आवश्यकता देखिएका वडाहरुका क्षेत्रलाई स्थानीय जनता र वडाहरुको राय लिई एक अर्कामा मिलाउन सिफारिस गर्ने पनि निर्णय भएको यी माथि लेखिएको बुदाहरुमा हाम्राे आपत्ति छ ।

नरदिप याेङहाङ लिम्बु भद्रपुर-३ झापा ६ भाद्र २०८३, शनिबार

याे माथिको बिषय बस्तुमा मैले बैठकलाई नै सम्बाेधन गर्दै बाेलेकाे छु याे राजनीति बिषय भएकोले स्थानीय चुनाव नजिकिँदै गरेको समयमा याे बिषय उठाउनु उचित छैन यहाँ राजनीति भाेटर्सकाे भाग बन्डा र भुमाफियाकाे चल खेल हुन सक्दछ भन्ने मेराे ठम्याइ हाे । साेे श्रम संस्कृति पार्टी भद्रपुर नगर समितिले घाेर भत्सर्ना गर्दछ । जय माटाे 🇳🇵🙏🇳🇵🙏🇳🇵जय देश 🇳🇵🙏🇳🇵🙏🇳🇵

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार